छ कि भनि चाँदनी घेरा।
यो सन्त्रास,
यो अनिश्चितता,
कतै केहि सुत्र भेटिन्छ कि?
टोलाउँछु!
भित्र भित्र चिच्याउँछु !
यो बह को पोको
यो सुस्केरा,
खै कहाँ पोख्नु ?
खै कहाँ बिसाउनु ?
फेरी गम्छु,
आफैलाई भन्छु।
तेरो त के छ र?
हप्तौंको पैदल यात्रा
भोक के हो प्यास के हो
बिर्सन बिवस !
सिमा रुग्दै बसेका
तर,
शासकले नचिने पनि
भूगोलले भुले पनि
ति तमाम आत्मा,
तिनले पनि त देख्दै होलान
सपना, मिठो सपना!
त्यसैले,
“आधा” बन्द मेरा आँखा
उघारेर
फेरी, हेर्दै छु पारि क्षितिजमा
छ कि भनि चाँदनी घेरा!
0 Comments