'चोर-पुलिस' खेलौं



आउ साथी आउ
'चोर-पुलिस' खेलौं
यहाँ चोरी नै आवस्यक छ
यहाँ चोरीकै भविष्य छ
त्यसैले तिमी आउ
हामी 'चोर-पुलिस' खेलौं।
 

 भुइंचालो 'आयो'!

डाँडा पाखा हल्लाएर गयो
सबैको मन रुवाएर गयो
यही हो 'मौका'
आउ तिमी,
अरुलाई'नि डाक
हामी 'चोर-पुलिस' खेलौं।
 

अरुको यहाँ 'बाल' मतलब
सक्ने जति कुम्लो कस,
तिम्रो काम हो चोरी गर,
तर!
मेरो भाग'नि ख्याल गर।
आउ तिमी ढुक्क भै
अनि
हामी 'चोर-पुलिस' खेलौं।

 

संसारै देखावटी,
हात्तीका दाँत जस्तै
म कुटे झैँ गर्छु
तिमी रोए झैँ गर्नु
तिम्रा 'गोही' वाला आँशुको
मार्केट ठुलो छ।
तेसैले,
तिमी आऊ बथान लिई
हामी 'चोर-पुलिस' खेलौं।
 
 


 
रामजी भण्डारी
संयुक्त अधिराज्य
२०७२ आषाढ ३

Post a Comment

0 Comments